ताजा खबर

अन्तर प्रदेश बैठक

RadioTaplajung


 मंसिर २४ गते ।  मुख्यमन्त्रीहरुले केन्द्र सरकारले कानुन निर्माणमा ढिलाइ गर्दा प्रदेशले काम गर्न नपाएको गुनासो गरेका छन् ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको अन्तरप्रदेश परिषद्को बैठकमा उनीहरुले केन्द्र सरकारले धेरै ठाउँका अवरोध हटाउन नसकेकाले प्रदेश सरकारले बेकामे भएको गुनासो गरेका हुन् ।

आइतबार बोल्ने प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, २ का लालबाबु राउत, ३ का डोरमणि पौडेल र गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङले कर्मचारी व्यस्थापनको समस्या, प्रशासन सम्बन्धी ऐन नबनेका, वित्त आयोग गठनमा भएको ढिलाई र समग्र विकासको लागि संघले सहयोग नगरेको गुनासो गरेका छन् ।

अरुबेला भाषणमार्फत प्रधानमन्त्रीसँग माग राखेकोमा आइतबार सबै मुख्यमन्त्री, केन्द्रका मन्त्री, सचिवहरुसँग गुनासो राखेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिनुभयो ।

‘हामीले जुन अपेक्षा गरेका थियौं, त्यो केन्द्रबाट पूरा हुन सकेन भनेर स्पष्ट राख्यौं, उहाँले हाम्रा कुरा सुन्नुभएको छ’, राउतले भन्नुभयो, ‘विकास निर्माणदेखि संविधानले हामीलाई दिएका अधिकार उपयोग गर्न नपाएको कुरा जम्मै राखेका छौं ।’
हामीले कुन निकायलाई सम्पर्क गर्ने रु

मुख्यमन्त्रीहरुले प्रदेशमा एउटा पद खडा गरिदिएको तर जिम्मेवारी नपाएको पनि गुनासो गरेका छन् । आफूलाई समस्या पर्दा कहाँ सम्पर्क गर्ने, कुन निकाय जिम्मेवार हुने सबै कुरा अन्योल रहेको उनीहरुको गुनासो थियो ।

‘प्रधानमन्त्री हाम्रो अभिभावक हो, अभिभावक भएको नाताले धेरै कुरा राख्यौं, अन्तर प्रदेश समन्वय परिषद्को स्थायी सचिवालयमा हामीले कुरा राख्ने वातावरण बनाउनुपर्छ भन्ने पनि हामीले माग राख्यौं, र आशा छ भोलिसम्म चल्ने बैठकले यी समस्या समाधान गर्न सहयोग पु¥याउँछ’, मुख्यमन्त्री राउतले भन्नुभयो ।
प्रधानमन्त्रीले भने – धेरैले संघीयता नबुझ्दा समस्या आयो, म तपाईँहरुकै साथमा छु

मुख्यमन्त्रीहरुको जिज्ञासाको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयतालाई धेरैले पुरानै शासन पद्दतिका हिसाबले हेरेकाले समस्या देखिएको र यो बिस्तारै समाधान हुने आश्वासन दिनुभएको पनि मुख्यमन्त्री राउतले बताउनुभयो ।

‘म पनि तीव्र गतिको विकास निर्माण गर्न चाहन्छु, तर केही अफ्ठ्यारो ‘फिल’ गरिरहेको छु, तपाईँहरुले पनि ‘फिल’ गरिरहनुभएको होला, तपाईँ–हामी दुवै मिलेर यो समस्या समाधान गर्नुपर्छ, पुरानो सोच भत्काएर देश विकास गर्ने हो’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै प्रदेश २ का मुख्यमन्त्री राउतले भन्नुभयो ।

प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले सोमबार आफ्ना समस्या राख्ने र भोलि नै प्रधानमन्त्रीले जवाफ तथा निर्देशन दिएपछि परिषद्को बैठक सकिनेछ ।

आइतबारको बैठकमा प्रदेशका सचिव र केन्द्रका विभिन्न मन्त्रालयका सचिवले काम गर्दा भएका अप्ठ्याराका विषयमा प्रस्तुतिकरण गरेका थिए । -उज्यालो

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्