ताजा खबर

सिक्टा भ्रष्टाचार प्रकरण :‘भ्रष्टाचारी नउम्किऊन् !’

RadioTaplajung

सिक्टा भ्रष्टाचार प्रकरण :‘भ्रष्टाचारी नउम्किऊन् !’
मंसिर २३ गते । ढकेरी (बाँके) : वर्षाभरी ढकेरीबासी ढुक्कले निदाउन सकेनन्। सिक्टाको नहर भत्केर डुबानमा परिने हो कि भनेर। बस्तीनजिक नहर बनाउन नदिन उनीहरुले सकेसम्म जोड गरे। तर सकेनन्। ठेकेदारदेखि सीडीओसम्मले उनीहरुलाई थर्काए। सरकारी योजनाको विरोध गर्ने भनेर धाकधम्की दिए। आयोजनामा कच्चा काम भएको स्थानीय हेरिरहन बाध्य भए।

नभन्दै परीक्षणकालमै नहर भत्कियो। नहर बनाउँदा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले शुक्रबार २१ जनाविरुद्ध मुद्दा पनि दायर ग¥यो। तिनलाई अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्दा हालेपछि यहाँका बासिन्दा अत्यन्त खुसी भएका छन्। तिनलाई कारबाही हुनैपर्ने माग उनीहरुको छ। ती कतै शक्तिको आडमा उम्किने हुन् कि भन्ने चिन्ता पनि स्थानीयलाई छ।

नहर भत्किँदा सबैभन्दा खतरामा पर्ने क्षेत्र हो ढकेरी। यो राप्ती सोनारी गाउँपालिकाको ८ र ९ वडामा पर्छ। यहाँका तीन सयभन्दा बढी घर डुबानको जोखिममा छन्। ढकेरीबासी निकुञ्ज छेउबाट नहर खनियोस् भन्ने चाहन्थे।

ढकेरीबासीको मत बुझ्न हामी शनिबार दिउँसो त्यहाँ पुग्यौँ। केही स्थानीय हातहातमा अखबार बोकेर छलफल गरिरहेका थिए। विषय थियो, सिक्टाको भ्रष्टाचार।

‘भ्रष्टाचार भएकै हो। अब सजाय हुनैपर्छ’, भाइराम वली भन्दै थिए, ‘अपराध गरेपछि सजायको लागि पनि तयार हुनुप¥यो नि १’ नहर बन्दै गर्दा वली आयोजनासँग जोडिएको रिम्ना सामुदायिक वनका अध्यक्ष थिए। वन मासेर नहर निर्माण गर्न नहुने उनको मत थियो। सामुदायिक वनले केही दिन विरोध पनि गरेको थियो। ‘वन क्षेत्र जोगाउँछु भनेर ठेकेदारले वाचा गरेपछि मात्र वनले सहमति दिएको थियो’, वली सम्झिन्छन्, ‘वनसँग सम्बन्धित आयोजना भएकाले हाम्रो निगरानी हुने नै भयो।’

बलमिच्याइँले कच्चा काम

आयोजनाले चंगाई खोलादेखि पूर्वतिर तीन वटा पहाडको माटो नहर बनाउन प्रयोग गरेको थियो। डोजरले माटो खन्दै टिपरबाट पटान गरिएको थियो। ‘टिपरले माटो थुपार्दै रोलर लगाउँथे’, ढकेरीका गोविन्द थापा भन्छन्, ‘घुलनशील माटोको ठूलो चाङ बनाएर रोलर लगाउँदा माटो राम्ररी दब्दै दबेन। सुरुमै ठाउँठाउँमा भ्वाङ परे। पानी छोड्नेबित्तिकै त्यही प्वालबाट छि¥यो र नहर भत्कियो।’

यस्तो माटोमा नहर बनाउन नहुने भनेर स्थानीयले आपत्ति पनि जनाए। तर उनीहरु एक्लै परे। जिल्लाका राजनीतिक नेतृत्व र नागरिक समाज मौन बसे।

निकुञ्ज छेउबाट सर्भे पनि भयो। रुख काट्नलाई टाँचा पनि लगाइयो। तर त्यसो भएन। गलत माटो प्रयोग गर्नु हुन्न भनेर विरोध गर्ने मध्येकै एक थिइन्, ढकेरीकी पुष्पा वली। ‘उनीहरुले पेलेरै लगे। जबरजस्ती गरे। सरकारले बनाउने योजनामा विरोध गर्ने भने। सीडीओसँग तँ तँ र म म पनि भयो। अनि गाउँबीचबाटै नहर खनियो’, उनले भनिन्। ७ साउनमा भत्किएको चंगाई खोला नहरछेउमै भेटिएकी उनले जनता रुवाएर भ्रष्टाचार गर्नेलाई मुद्दा लगाउनु जायज भएको बताइन्। ‘सरकारलाई ढाँट्नु भनेको हामीलाई पनि ढाँट्नु हो। यस्तालाई कारबाही हुनैपर्छ’, उनले भनिन्।

कौवाकारा गाउँका नरभूपाल खत्री पत्नी रतिसँगै डोको बोकेर स्याउला लिन जाँदै थिए। उनले पनि ‘कुकर्म गर्ने’ लाई सजाय हुनैपर्ने बताए। ‘यहाँ त अग्ला डाँडा थिए। त्यही पहाडको ढिस्कोबाट माटो झिक्दै नहरमा पटान गरे,’ नहरको डिल देखाउँदै उनले भने, ‘पटान गरेको देखेरै काम राम्रो भएन भन्ने अनुमान लगाउँथ्यौं।’

    स्थानीयले विरोध गर्दागर्दै सिक्टा नहर बनाइएको थियो। ठेकेदार र आयोजना सञ्चालकलाई भ्रष्टाचार मुद्दा परेपछि स्थानीयले कारबाही हुनैपर्ने बताएका छन्।

गोविन्द थापा चाहिँ स्ल्याबमा छड नराखिनु नहर भत्किनुको मुख्य कारण मान्छन्। ‘भत्केका र नहर फुटेर प्वाल परेका तीनचार ठाउँमा मैले हेरेँ। स्ल्याबमा त सरिया नै छैन। अचम्म लाग्छ, सरियाबिनाको स्ल्याब कसरी अडिएको होलारु ’

नहरको डिलमा गाईबाख्रा चराउने र घाँसपात जानेहरुलाई सिक्टामा भ्रष्टाचारको मुद्दा परेको खबर नै थाहा थिएन। थाहा पाउँदा उनीहरुले पनि ठेकेदार कम्पनी कालिका कन्ट्रक्सनलाई खुच्चिङ भनेका थिए। बर्खाभरी पानी परेको रात घरमा बाढी पस्ला भनेर आत्तिएकी कौवाकाराकी टीका खत्री मुद्दा परेको सुन्दा मक्ख परिन्।

नयाँ नहर बनाउन माग

कारबाहीको प्रक्रिया चल्दै गर्दा पुरानो संरचना भत्काएर गुणस्तरीय नहर बनाउनुपर्ने माग स्थानीयको छ। ‘यहाँको सबै माटो फालेर नयाँ माटो हालेर नहर बनाउनु पर्छ,’ भाइराम वली भन्छन्, ‘आवश्यक परे हामी हाम्रै खेतको माटो दिन तयार छौं।’

राष्ट्रिय गौरवको आयोजना हो सिक्टा सिँचाइ। पूर्वमन्त्री विक्रम पाण्डेको सीटीसी कालिका कन्स्ट्रक्सनले ठेक्का पाएको थियो। ५० क्युसेक पानी बग्ने क्षमताको नहर बनाइएको थियो। तर दुई पटक परीक्षण गर्दा ९ क्युसेकभन्दा कम पानीमै नहर भत्कियो। परुवा खोलादेखि डुडुवा खोलासम्म १४ किलोमिटर क्षेत्रमा दर्जनौं प्वाल परेका छन्। क्षमताभन्दा आधा पानी छोड्ने हो भने नहर पूरै भत्किने स्थानीय अनुमान लगाउँछन्।

आयोजना सम्पन्न हुँदा लागत २५ अर्ब रुपैयाँ नाघ्ने अनुमान छ। झण्डै ८ अर्ब बिगो माग गरेर २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा हालिएको छ। अख्तियारले नहरको डिजाइनमा पनि त्रुटि फेला पारेको छ। -अन्नपुर्ण

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,