ताजा खबर

ए डिभिजन लिगमा तीन खेल स् को–कोसँग खेल्दैछन् ?

RadioTaplajung

ए डिभिजन लिगमा तीन खेल स् को–कोसँग खेल्दैछन् ?
 मंसिर २३ गते । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार ३ वटा खेल हुने भएका छन् ।  सातदोबाटोमा २ वटा र एपीएफ मैदान हलचोकमा एउटा खेल हुने छ । एन्फा मैदान सातदोबाटोमा आइतबार बिहान ११ बजे हुने खेलमा बिभागीय क्लब एपीएफ र सरस्वती युवा क्लब भिड्नेछन् ।

जारी सिजनमा एपीएफले अहिलेसम्म २ खेलमा जित र एक खेलमा बराबरी गर्दै ७ अंक जोडेको छ । यसैगरी सरस्वती क्लबले पनि अहिलेसम्म २ खेल मात्र जित्न सफल भएको छ । जारी सिजनमा दुवै टिमले राम्रो प्रदर्शन गर्न नसकिरहेका बेला आइतबार दुवै टिम स्पष्ट तीन अंकको खोजिमा हुने छन् ।

दिउँसो साढे २ बजे एन्फा मैदानमा थ्री स्टार र जावलाखेल युथ क्लब भिड्नेछन् । जारी सिजनमा थ्री स्टारले ६ मध्य ५ खेल जित्दा एउटा खेलमा पराजित भएको थियो । १५ अंक जोडेर तेस्रो स्थानमा रहेको थ्री स्टार आज विजयी भए शीर्ष स्थानको मनाङलाई गोल अन्तरका आधारमा पछि पार्ने छ । जावलाखेल ४ अंकसहित तालिकाको ११औं स्थानमा रहेको छ।

आइतबार नै दिउँसो साढे २ बजे एपीएफ मैदान हलचोकमा च्यासल युथ क्लब र फ्रेण्ड्स क्लब भिड्नेछन् । ७ अंक जोडेको च्यासल सातौं स्थानमा रहँदा ५ अंक जोडेको फ्रेण्ड्स १०औं स्थानमा छ।
 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा