तोड्लिन् त शृङ्खलाले मिस वर्ल्डको इतिहास, अहिलेसम्म कुन देशले कति पटक जिते ?

SITENAME


तोड्लिन् त शृङ्खलाले मिस वर्ल्डको इतिहास, अहिलेसम्म कुन देशले कति पटक जिते ?
 मंसिर २२ गते ।  मिस वर्ल्डको नतिजा आज सार्वजनिक हुँदैछ । चीनको सान्यामा हुने मिस वल्र्डमा २३ वर्षीया मिस नेपाल शृङ्खला  खतिवडा दाबेदार प्रतिस्पर्धी बनेकी छिन् ।

नेपाली समयअनुसार बेलुकी पौने ५ बजे मिस वर्ल्डको अन्तिम नतिजा घोषणा हुनेछ । मिस वर्ल्डको फाइनल मिस वर्ल्डको आधिकारिक युट्यूब च्यानलबाट हेर्न सकिन्छ ।

विश्वकै प्रतिष्ठित ब्यूटी प्याजेन्ट हो ‘मिस वर्ल्ड’ प्रतियोगिता । ६८ औँ संस्करणसम्म आइपुग्दा  ३६ वटा देशबाट मिस वर्ल्ड भैसकेका छन् । यस पटकको प्रतियोगितामा नेपाली प्रतिस्पर्धी तथा मिस नेपाल वर्ल्ड शृङ्खला खतिवडामा सबैको ध्यान पुगेको छ । शृङ्खलालाई शनिबार  दिउँसो ४ बजेसम्म भोट गर्न सकिनेछ ।

मल्टिमिडिया विधामा विजेता बन्दै फाइनल पुगेकी शृङ्खलाले मिस वर्ल्डको उपाधि जितिन् भने उनी भारतपछि मिस वर्ल्ड बन्ने पहिलो दक्षिण एसियाली प्रतिस्पर्धी बन्नेछिन् । शृङ्खलालाई हौसला प्रदान गर्नका लागि उहाँका बुबा र आमा पनि चीन पुगिसक्नुभएको छ । मिस वर्ल्ड २०१८ मा १ सय २१ देशले सहभागिता जनाएका छन् ।  

त्यसो त पूरै एसियाकै कुरा गर्ने हो भने पनि अहिलेसम्म भारत, चीन, इजरायल र फिलिपिन्सबाहेकका देशबाट मिस वर्ल्ड बन्न सकेका छैनन् ।

६८ औँ संस्करणसम्म आइपुग्दा अहिलेसम्म सबैभन्दा बढी मिस वर्ल्ड बन्ने देशमा भारत र भेनेजुएला९६–६ पटक० रहेका छन् ।

तथ्याङ्कमा अहिलेसम्मका मिस वर्ल्ड

देश   उपाधि संख्या               वर्ष
भारत      ६                       १९६६,१९९४, १९९७, १९९९, २०००, २०१७
भेनेजुएला   ६                    १९५५, १९८१, १९८४, १९९१, १९९५, २०११
यूके    ५                           १९६१, १९६४, १९६५, १९७४, १९८३
दक्षिण अफ्रिका  ३               १९५८, १९७४, २०१४
अमेरिका ३                       १९७३, १९९०, २०१०
आइसल्याण्ड ३                  १९८५, १९८८, २००५
जमैका ३                          १९६३, १९७६, १९९३
स्विडेन  ३                         १९५१, १९५२, १९७७
पुर्टो रिको २                      १९७५, २०१६
चीन २                             २००७, २०१२
रुस २                              १९९२, २००८
पेरु २                               १९६७, २००४
अष्ट्रिया २                           १९६९, १९८७
जर्मनी २                            १९५६, १९८०
अर्जेन्टिना २                        १९६०, १९७८
अष्ट्रेलिया २                         १९६८, १९७२
नेदरल्याण्ड्स २                     १९५९, १९६२
स्पेन १                                २०१५
फिलिपिन्स १                         २०१३
जिब्राल्टर १                           २००९
चेक गणतन्त्र १                       २००६
आयरल्याण्ड १                        २००३
टर्की १                                 २००२
नाइजेरिया १                           २००१
इजरायल १                            १९९८
ग्रीस १                                  १९९६
पोल्याण्ड  १                           १९८९
ट्रिनिडाड एण्ड टोबागो  १           १९८६
डोमिनिक गणतन्त्र १                 १९८२
गुआम  १                              १९८०
बर्मुडा १                               १९७९
ब्राजिल १                              १९७१
ग्रेनेडा १                                १९७०
फिनल्याण्ड १                          १९५७
इजिप्ट  १                                १९५४
फ्रान्स  १                                 १९५३
उज्यालो

प्रतिकृया दिनुहोस
SITENAME

मिस वर्ल्ड मानुषी छिल्लरलाई बलिउड डेब्यू गराउँदै फराह खान

माघ ८ गते ।  २०१७ की मिस वर्ल्ड भारतकी मानुषी छिल्लर बलिउड फिल्ममा डेब्यूको तयारीमा रहेकी छिन् । खबरहरुका अनुसार मानुषी छिल्लरलाई निर्देशक फराह

अमेरिकामा अनमोलसँग रोमान्टिक सुहाना

माघ ७ गते । नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ३’को एउटा गीतको छायांकन अमेरिकाको रमणिय स्थानमा गरिएको छ

कृतिमाथि फिल्म : कहाँ चुक्छन् नेपाली निर्देशक ?

शिव मुखिया,माघ ७ गते । युवा पुस्ताको मन जित्न सफल सुविन भट्टराई लिखित उपन्यास ‘समर लभ’ माथि बनेको फिल्म चाँडै प्रदर्शनमा आउँदैछ । उपन्यास पढ्दै