ताजा खबर

इन्टरमिलानलाई हराउँदै युभेन्टसले सिरी एमा ११ अंकको अग्रता बनायो

RadioTaplajung

इन्टरमिलानलाई हराउँदै युभेन्टसले सिरी एमा ११ अंकको अग्रता बनायो
 मंसिर २२ गते ।  इटालियन सिरी ए अन्तर्गत शनिबार राति भएको इन्टर मिलानविरुद्धको खेलमा युभेन्टस विजयी भएको छ ।

१५ खेलमा १४ जित र एक बराबरी खेल्दै युभेन्टसले सिरिएमा ११ अंकको अग्रता लिन पनि सफल भएको छ । युभेन्टसको मैदानमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि मारियो मान्जुकिचको एक मात्र गोल निर्णायक बन्यो ।

६६औं मिनेटमा क्रोएसियाली स्ट्राइकर मान्जुकिचले हाओ क्यान्सेलोको क्रसलाई गोलमा परिणत गरेका थिए । तर त्यसअघि इन्टरमिलानले केही राम्रा मौका पाएको थियो ।

पहिलो हाफअघि रोबर्टो गाग्लिायार्दिनीको प्रहार पोस्टमा लाग्न पुगेको थियो भने  ब्लेस माटुइडीको गम्भीर गल्तीलाई माटेओ पोलिटानोले गोल गर्न सकेनन् । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले भने हिजोको खेलमा गोल गर्न सकेनन् ।

युभेन्टसले ४३ अंक बनाएको छ भने इन्टर मिलानको २९ अंक सहित तेस्रो स्थानमा छ । दोस्रो स्थानको नेपोलीले ३२ अंक बनाएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा