ताजा खबर

अनुष्का शर्मा गर्भवती भएको हल्ला, अनुष्का भन्छिन् :सबै झूट हो, म गर्भवती छैन

RadioTaplajung


अनुष्का शर्मा गर्भवती भएको हल्ला, अनुष्का भन्छिन् :सबै झूट हो, म गर्भवती छैन
 मंसिर २१ गते ।  बलिउड अभिनेत्री अनुष्का शर्मा फिल्म ‘जीरो’ मार्फत अभिनेता शाहरुख खानका साथ दर्शकमाझ आइरहेकी छिन् । केही दिन अघिसम्म बलिउडमा अनुष्का गर्भवती भएको खबरहरु चर्चामा आएका थिए । अहिले फिल्मको प्रमोशनमा लागेकी अभिनेत्री अनुष्काले यसबारेमा मुख खोलेकी छिन् ।

फिल्म ‘जीरो’ को प्रमोशनको एक कार्यक्रममा पत्रकार तथा मिडियाहरुबीच अनुष्का शर्माले आफू गर्भवती नभएको बताएकी छिन् ।

उनले आफू गर्भवती भएको भन्दै आएका खबरहरुका बारेमा भनिन्, ‘मलाई थाहा छैन यस्ता खबरहरु कहाँबाट आउने गर्छन् । जुन एकदमै बेकारको कुरा हो । तपाईँ विवाहको कुरा त लुकाउन सक्नुहोला तर गर्भवती भएको खबर लुकाउन सक्नुहुन्न ।’  

अनुष्काले अगाडि भनिन्, ‘यस किसिमका खबरहरु अभिनेत्रीहरुले कैयौं पटक सामना गर्नुपर्ने हुन्छ । तर मेरा लागि यस किसिमका खबरले कुनै महत्व राख्दैन । यहाँ त मानिसहरु विवाहअघि नै विवाहित भनिदिन्छन् । अनि गर्भवती हुनु अघि नै आमा बनाइदिन्छन । मलाई यस कुराले केही फरक पार्दैन बरु यस्ता खबर सुनेर हाँसो लाग्छ ।’

अनुष्का शर्माले फिल्म ‘जीरो’ पछि कुनै पनि फिल्म साइन नगरेपछि उनी गर्भवती भएकाले केही फिल्म नगरेको भन्दै अफवाह फैलिएको थियो । तर स्वयं अनुष्काले नै यस विषयमा जवाफ दिएर गर्भवती नरहेको बताइसकेकी छिन् ।

अनुष्का शर्मा फिल्म ‘जिरो’ मा एक अपाङ्ग यूवतीको भूमिकामा देखिने छिन् भने अभिनेता शाहरुख खान पुड्का व्यक्तिको भूमिकामा छन् ।

चलचित्रमा अनुष्का शर्मा, शाहरुख खानका साथै अभिनेत्री कट्रिना केफ पनि मुख्य भूमिकामा छिन् । आनन्द एल रायको निर्देशनमा बनेको फिल्म ‘जीरो’ यही डिसेम्बर २१ मा रिलिज हुनेछ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण