ताजा खबर

चेल्सीको हार, आर्सनल र म्यान्चेस्टर युनाइटेड बराबरीमा

RadioTaplajung

चेल्सीको  हार, आर्सनल र म्यान्चेस्टर युनाइटेड बराबरीमा
मंसिर २० गते । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले नमिठो हार ब्यहोरेको छ । बुधबार राति भएको खेलमा चेल्सीले वोल्भेससँग २–१ गोलले पराजित हुदै जारी लिगमा अहिलेसम्मकै खराब प्रदर्शन गरेको हो । चेल्सीमाथि शनसनीपूर्ण जित निकालेको वोल्भेसका लागि राउल जिमिनेज र डिओगो जोटाले गोल गरे । यता, चेल्सीका लागि लोफ्टस चेकले गोल गरेका थिए ।

खेलको १८औं मिनेटमा लोफ्टसले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर बाँकी समयमा चेल्सी आफै दबाबमा खेल्न पुग्यो । खेलको ५९औं मिनेटमा जिमिनेज र ६३औं मिनेटमा जोटाले गोल गर्दै चेल्सीविरुद्ध वोल्भेसलाई २–१ गोलको जित दिलाएका हुन् ।

हारसँगै चेल्सीले महत्वपूर्ण तीन अंक गुमाएको छ । चौथो स्थानमा रहेको चेल्सीको १५ खेलबाट ३१ अंक रहेको छ । त्यस्तै, वोल्भेसको भने १५ खेलबाट १९ अंक रहेको छ ।

त्यस्तै, बुधबार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेड र आर्सनलले २–२ गोलको बराबरी खेलेका छन् । अन्य खेलमा भने लेष्टर सिटीले फुलह्यामसँग १–१ गोलको बराबरी खेल्दा न्युक्यास्टलले इभर्टनसँग पनि १–१ गोलको बराबरीमै खेल टुंग्याएका छन् ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा