ताजा खबर

आइनस्टाइनले ईश्वर र धर्मका बारेमा लेखेको पत्र ३३ करोडमा बिक्यो

RadioTaplajung


आइनस्टाइनले ईश्वर र धर्मका बारेमा लेखेको पत्र ३३ करोडमा बिक्यो
 मंसिर २० गते । विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले ईश्वर तथा धर्मका बारेमा लेखेको चर्चित पत्र अमेरिकाको लिलाम बजारमा २८ लाख ९० हजार अमेरिकी डलर९झण्डै ३३ करोड नेपाली रुपैयाँ० मा बिक्री भएको छ । यो पत्र आइन्स्टाइले आफ्नो मृत्यु हुनुभन्दा एक वर्ष पहिले लेखेका थिए ।

लिलाम बजारमा यो पत्रको सुरुवाति मूल्य १५ लाख रुपैयाँ डलर राखिएको थियो । दुई पेजको यो पत्र ३ जनवरी, १९५४ मा जर्मनीका दार्शनिक एरिक गटकाइन्डलाई लेखिएको थियो, जसले आइन्स्टाइनलाई आफ्नो पुस्तक ‘चूज लाइफस् द बिब्लिकल कल टु रिभोल्ट’ को एक प्रति पठाएका थिए ।

आइन्स्टाइनले पत्रमा लेखेका थिए, ‘मेरा लागि भगवान शब्दको अर्थ अरु केही नभएर अभिव्यक्ति र मानवीय कमजोरीको प्रतीक मात्रै हो । बाइबल एक पूजनीय किताब हो । तर अहिले पनि प्राचीन किम्वदन्तीकै संग्रह हो ।’ उनी पत्रमा लेख्छन्, ‘मेरो यो विचारमा परिवर्तन ल्याउन सक्ने न त कुनै व्याख्या छ, न त कुनै रहस्य नै रहेको छ ।’
आइन्स्टाइनले १७ औँ शताब्दीका यहूदी डच दार्शनिक बारुच स्पिनोजाको उदाहरण दिँदै आफूले पनि दैनिक जीवनमा मानवरुपी देवतामा विश्वास नराख्ने बताएका थिए । उज्यालो/बीबीसी

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल