ताप्लेजुङका गाउँघरका पसलैपिच्छे ढिके नुन

SITENAME

ताप्लेजुङका गाउँघरका पसलैपिच्छे ढिके नुन
रेडियो ताप्लेजुङ,मंसिर १९ गते । “साहुजी ढिके नुनको त गोदामै छ त ?,”पत्रकार आनन्द गौतमले दोभान बजारका एक पसलेलाई भने,“ढिके नुन र आयो नुन कुन बढि विक्री हुन्छ ? यसरी अव्यस्थित राखिएको नुनको बोरा हराउदैन ?” दोकानमै ग्राहकलाई चौपाया बाध्ने दाम्लो बेच्दै गरेका संञ्चालक दिपक धितालले भने,“दुवै नुन बरावर विक्री हुन्छ । सायद आयो नुन भन्दा कम मूल्य परेर होला !” दोभानकै व्यवसायी गुरु पौडेलले बार्षिक चार ट्रक बढि ढिके नुन विक्री गर्छन् । पौडेलले भने,“पहिले भन्दा अहिले अलिक कम विक्री हुन्छ । सायद गाउँघरमै दोकान खुलेर होला ।” प्रतिबोरा (५० केजी) ७ सय पचास रुपैयाँ पर्छ ।

जिल्लाकै दोश्रो ठूलो बजार हो दोभान । नुनदेखि सुनसम्म कारोवार हुन्छ । अझ तमोर नदिमाथि मोटरेवल पुल बनेकाले मेची–कोसी राजमार्ग जोडिएसँगै आवतजावत बाक्लिएको छ । दैनिक उपभोग्य सामाग्रीको किनबेच हुने यहाँका प्रत्येकजसो पसलमा ढिके नुनको गोदाम छ । घरका पेटीदेखि गोदाममा ढिके नुन थन्क्याएका छन् । दोभान बजारमा मात्र होइन,मैवाखोला गाउँपालिका केन्द्र साँघुमा लाग्ने औशी पुर्णे हटियामा मानाका हिसाबले ढिके नुन किनबेच हुन्छ । धरान–धनकुटा–तेह्रथुमको बसन्तपुरहुँदै साँघुसम्म गुड्ने मालवहाक सवारी साधनबाट ढिके नुन प्रशस्त आयात गर्छन् । मैवाखोला गाउँपालिका अध्यक्ष राजन थत्लुङ लिम्बूका अनुसार गाउँघरमा मान्छे र चौपायालाई खुवाउन ढिके नुनकै प्रयोग बढि हुन्छ । अध्यक्ष लिम्बूले भने,“हुनत आयो नुनको प्रयोग बढ्दो छ । तर अपेक्षाकृत बढेको छ्रैन् ।” जिल्लाकै खाम्दिमे बजारमा पनि ढिके र आयो नुनको प्रयोग समान छ । व्यवसायी डिल्ली थेबेका अनुसार ढुवानीका साधन खच्चडमा हप्तामा डेढ दुई सय बोरा नुन उठ्छ । शिक्षित परिवार र होटलमा मात्र आयो नुन प्रयोग गर्ने गरेको पाइएको छ ।

जिल्लामा वार्षिक ढिके नुनको आयात तथ्याङ छैन् । यद्यपी सदरमुकाममा प्रयोग न्यून पाइएको छ ।
चेतना अभावले ढिके नुनको प्रयोग हटेको छैन् । अझ जिल्लाको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा तिब्बतको नुन प्रयोग गरिन्छ । नेपालमा उत्पादित नुन ढुवानी महँगो पर्ने भएकाले उतैबाट ल्याउने गरिएको वडाअध्यक्ष छेतेन वालुङले बताए । फक्ताङलुङ,सिरीजंघा र सिदिङमा गाउँपालिकास्थित गोठ व्यवसाय गर्नेले तिब्बतबाट ल्याएको नुन प्रयोग गर्ने गरेका छन् । स्थानिय सरकारले ढिके नुनको असर र आयो नुनको प्रयोगको फाइदाबारे जनचेतनामूलक कार्यक्रम संञ्चालन गर्नुपर्ने खाँचो औल्याएका छन् ।

 

 

प्रतिकृया दिनुहोस
SITENAME

सातै महादेशका शिखरमा पुगेर हिउँ जोगाउन आह्वान गर्दै ताप्लेजुङका १४ वर्षे सोनाम

फागुन १ गते ।  सर्लक्क परेको शरीर, हँसिलो महार । ताप्लेजुङको मैयाँखोलाका १४ वर्षीय सोनाम शेर्पाले आत्मविस्वासका साथ भने, ‘सातवटै महादेशका अग्ला

SITENAME

ताप्लेजुङमा ७३ मेगावाटको मध्य तमोरका लागि लगानी जुट्यो

फागुन १ गते । ताप्लेजुङमा निर्माणाधीन ७३ मेगावाटको मध्य तमोर जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएको छ । कुल लागत १२ अर्ब ६८ करोड

SITENAME

ताप्लेजुङका स्थानीय सरकारको सुस्त गति

रेडियो ताप्लेजुङ ताप्लेजुङको सबैभन्दा ठूलो स्थानीय तह फक्ताङलुङ गाउँपालिकाले चीनसँग जोड्ने सडक स्तरोन्नतिको लागि २० लाख रुपैयाँ विनियोजन गरेका छ