ताजा खबर

कोपा डेल रेको उपाधि बार्सिलोनालाई

RadioTaplajung

कोपा डेल रेको उपाधि बार्सिलोनालाई

वैशाख ९ । स्पेनिस कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार भएको फाइनलमा सेभिल्लालाई ५– ० ले हराउँदै बार्सिलोनाले चौथोपटक कोपा डेल रेको उपाधि जितेको हो ।

बार्सिलोनालाई जिताउन लुइस सुवारेजले दुई तथा लियोनेल मेस्सी, आन्द्रेइ इनिएष्टा र कोटिन्होले एकएक गोल गरे । पहिलो हाफमा ३–० को अग्रता लिएको बार्सिलोनाले दोश्रो हाफमा दुई गोल थप्यो भने सेभिल्लालाई गोल गर्न दिएन ।

एथ्लेटिको मड्रिडलाई हराएर प्रतियोगिताको फाइनल पुगेको सेभिल्ला फाइनलमा बार्सिलोनासंग भने निरीह देखिएको थियो । यो जीतले बार्सिलोनालाई रोमासँग पराजित हुँदै  च्याम्पियन्स लिगबाट बाहिरिनुपरेको पीडा केही कम गरिदिएको छ ।
स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा