ताजा खबर

रोनाल्डो र मेस्सिलाई पछि पार्दै मोड्रीचले पाए ब्यालोन डी’ओर अवार्ड

RadioTaplajung

एजेन्सी – विश्व फुटबलका प्रभावशाली खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै सन् २०१८ को ब्यालोन डी’ ओर अवार्ड क्रोएसियाका कप्तान एवं स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् । 

फ्रान्सको पेरिसमा सोमबार राती विशेष समारोहबीच मोड्रीचलाई विश्व फुटबलकै चर्चित अवार्ड प्रदान गरिएको हो । ३३ बर्षीय मोड्रीचले पहिलो पटक यस अवार्ड जितेका हुन् । मोड्रीचले यसअघि अवार्डमा अधिपत्य जमाउँदै आएका क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको एकाधिकारलाई समेत तोडेका छन् । 

विशेषगरी विश्वकप फुटबल र च्याम्पियन्स लिग फुटबलको उपाधि र उपलब्धिको सेरोफेरोमा घुम्दै आएको ब्यालोन डी’ ओरका लागि यसपटक मोड्रीचनै वास्तबिक हकदार थिए । क्रोएसियालाई रुस विश्वकपको फाइनलसम्म पुरयाउन र रियललाई च्याम्पियन्स लिग जिताउन मोड्रीचको भूमिका उल्लेख्य थियो । त्यसैले मोड्रीच विश्व फुटबलकै उत्कृष्ट खेलाडी बने र पहिलो पटक ब्यालोन डी’ ओर अवार्डमा नाम लेखाए । 

मोड्रीचले यसपटक पनि उपाधिको दावेदार रोनाल्डोलाई पछि पारेका छन् । रोनाल्डो र मेसी यस अवार्ड पाउने सर्वाधिक सफल खेलाडी हुन् । पछिल्लो १० संस्करणमा रोनाल्डो र मेसीले पाँचपाँच पटक उपाधि जितेका थिए । सन् २००७ मा ब्राजिलियन खेलाडी काकाले यस अवार्ड जितेपछि रोनाल्डो र मेसीबीच अवार्डका लागि प्रतिस्पर्धा हुँदै आएको थियो । 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा