ताजा खबर

ओलीले मन्त्रीपरिषद् बैठक छलेर क्रिश्चियन अवार्ड लिएको खुलासा

RadioTaplajung

रधानमन्त्री केपी ओलीले विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) को अवार्ड मन्त्रीपरिषद्को पूर्वस्वीकृतिबेगर लिएको खुलेको छ।

संविधान, सुशासन ऐन तथा नियमावली र विभूषण नियमावलीमा प्रधानमन्त्रीसहित सार्वजनिक पदका व्यक्तिले विदेशी पुरस्कार, उपाधि वा विभूषण लिँदा मन्त्रीपरिषद्को पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

ओलीले यूपीएफको १ लाख अमेरिकी डलर राशीको पुरस्कार लिँदा आफ्नै नेतृत्वको मन्त्रीपरिषद्लाई जानकारीसमेत नगराएको श्रोतले बतायो।

प्रधानमन्त्री ओलीले कोरियाली विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था युनिफिकेसन चर्चकी प्रमुख हक जा हान मुनको हातबाट उक्त अवार्ड लिएका हुन्।

पूर्व मुख्यसचिव विमल कोइरालाले ओलीले लिएको अवार्ड पुरस्कार नभएर क्रिश्चियन सम्मेलन गराउन तीन दिन होटलमै बसेर सहयोग गरेकोमा पाएको बक्सिस भएको बताएका छन्।

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्