ताजा खबर

नेपालीहरुका लागि एकैसाथ दोहोरो खुशी,ब्यूटी विद अ पर्पस अवार्ड पनि श्रृंखलाकै पोल्टामा

RadioTaplajung

रेडियो ताप्लेजुङ/चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल श्रृंखला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न सफल भएकी छिन् ।

केही बेर अघि अाफ्नाे इन्स्टाग्राममा भिडियाे शेयर गर्दै श्रृंखलाले अाफूले  ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेकाे खबर सुनाउँदै हर्षविभाेर भएकी थिइन् ।

अाफूले मल्टिमिडिया अवार्ड  जितेकाेमा खुशी साट्दै  श्रृंखलाले सम्पूर्ण नेपालीलाइ धन्यवाद दिँदै अाफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेकाे सुनाइन् । उनले खुशी मिसिएर गला भारी भएकाे अावाजमा भनिन्, ‘एण्ड, अार्इ वन द ब्यूटी विद अ पर्पस अवार्ड, रुँदा रुँदा अाँखा सुन्निन लाइसक्याे। बल्ल टाइम पाएँ हजुरहरुसँग शेयर गर्नलार्इ ।’ 

भिडियाेमा उनले ब्यूटी विद अ पर्पस अवार्ड जित्नु अाफ्नाे लागि  मिस वर्ल्डकाे उपाधि जितेसरह भएकाे र अाज संसारमा अाफूभन्दा खुशी शायद काेही पनि छैन हाेला भन्दै अाफ्नाे खुशी शेयर गरेकी छिन् ।

यसका बारेमा श्रृंखलाले अाधिकािरक जानकारी गराए पनि मिस वर्ल्डकाे अाधिकारिक पेजमा अाउन भने बाँकी छ ।

ब्यूटी विद अ पर्पस श्रृंखलालार्इ दिलाउन मदत गर्ने उनकाे पर्पस अर्थात उद्धेश्य भने मकवानपुर जिल्लाको चेपाङ बस्तीमा हेल्थपोष्ट निर्माण गर्ने रहेकाे छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले