ताजा खबर

तेह्रथुमका स्थानीय तहमा सात करोडका गाडी

RadioTaplajung

तेह्रथुम, मंसिर १७ गते । तेह्रथुमका छवटै स्थानीय तहले विभिन्न किसिमका सवारी साधन खरिदमा झण्डै सात करोड रुपैयाँ खर्च गरेका छन् । कार्य सम्पादनमा सहजता ल्याउने भन्दै स्थानीय तहको मोटो बजेट गाडी खरिदमा खर्च भएको छ । सबै स्थानीय तहको गरी कूल छ करोड ९० लाख ३९ हजार ७०० गाडी खरीदमा खर्च भएको छ । 

म्याङ्लुङ नगरपालिकाले चालू आर्थिक वर्षमा रु ५५ लाखमा एउटा स्कार्पियो गाडी खरीद गरेको छ । यस्तै रु २९ लाखमा १० वटा मोटरसाइकल खरीद गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्लेले बताए । 

गाडी नगर प्रमुखका लागि खरीद गरिएको र मोटरसाइकल नगरपालिकाका १० वटै वडाका वडाध्यक्षका लागि किनिएको नगरपालिकाले जनाएको छ । १९ लाखमा एउटा ट्र्याक्टर किनिएको बताउँदै उनले कर्मचारीका लागि थप १० वटा मोटरसाइकल किन्ने तयारी रहेको बताएका छन् । 

नगरपालिकाले पहिले ३० लाख रुपैयाँमा किनेको पिकअप गाडी चालू अवस्थामा छ । अरु छ वटा मोटरसाइकल र एउटा स्कुटर पनि सञ्चालनमा रहेको छ । लालीगुराँस नगरपालिकाले पनि ३३ लाख रुपैयाँको पछाडि सामान बोक्न मिल्ने एउटा चार चक्के गाडी र १५ वटा मोटरसाइकल खरिद गरेको छ । 

नौ वटा मोटरसाइकल दुई लाख १७ हजारका दरले, तीनवटा दुई लाख ६० हजारका दरले र बाँकी तीनवटा भने दुई लाख तीन हजार, चार लाख ८० हजार र चार लाख ८४ हजारका दरले खरीद गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम निरौलाले बताए । 

यसका साथै ३० लाखको एउटा ट्र्याक्टर, ९५ लाखको एउटा स्काभेटर र ३८ लाखको जेसिवीसमेत खरिद गरेको नगरपालिकाले जनाएको छ । चालू आर्थिक वर्षमा एउटा एम्बुलेन्स किन्न १० लाख र नगर बस खरीदका लागि रु ४५ लाख रकम छुट्याएर आवश्यक प्रक्रिया अगाडि बढाइएको अधिकृत निरौलाले बताए । उता छथर गाउँपालिकाले पनि रु ६५ लाखमा पछाडि सामान बोक्न मिल्ने एक सवारी साधन खरीद गरेको छ । 

चारवटा मोटरसाइकल दुई लाख १७ हजारका दरले आठ लाख ६८ हजारको र दुई लाख ६० हजारमा थप एउटा मोटरसाइकल किनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य भण्डारीले बताए । साविकका गाविसले किनेका तीनवटा मोटरसाइकल हाल वडाध्यक्षले प्रयोग गर्दै आएका छन् । 

मेन्छ्यायेम गाउँपालिकाले रु ६१ लाख ५० हजारमा स्कार्पियो गाडी खरीद गरेको छ । रु दुई लाख १७ हजारका दरले छ वटा मोटरसाइकल पनि खरीद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवदीप राईले बताए । 

फेदाप गाउँपालिकाले ५४ लाख १५ हजार रुपैयाँको स्कार्पियो गाडी र पाँच लाख ९४ हजार ९०० रुपैयाँका दरले तीन वटा मोटरसाइकल किनिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले बताए । उनले तीन लाख रुपैयाँका दरले थप तीनवटा मोटरसाइकल पनि चाँडै किनिने बताए । 

साविक गाविसले पहिले नै पाँच वटा मोटरसाइकल खरीद गरेका थिए । आठराई गाउँपालिकाले रु ५२ लाखमा एउटा स्कार्पियो गाडी र दुई लाख १५ हजार रुपैयाँका दरले चार वटा मोटरसाइकल खरीद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र दाहालले बताए । 

उनले कार्यालय प्रयोजनका लागि थप एउटा मोटरसाइकल खरीद गर्न पाँच लाख रकम छुट्याएको बताए । साविकका गाविसले किनेका सातवटा मोटरसाइकल वडाध्यक्षले प्रयोग गर्दै आएको गाउँपालिकाले जनाएको छ । यातायातका साधन आवश्यक भए पनि आवश्यकताभन्दा बढीमात्रामा किनिनुले जनप्रतिनिधि तथा कर्मचारी विलाशी र भोगी हुँदै गएको सर्वसाधारणले गुनासो गर्न थालेका छन् । रासस

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक