ताजा खबर

बोका जुनियर्स र रिभर प्लेटबीच दोस्रो लेगको फाइनल खेल सान्टियागो बर्नवाउमा

RadioTaplajung

बोका जुनियर्स र रिभर प्लेटबीच दोस्रो लेगको फाइनल खेल सान्टियागो बर्नवाउमा
 मंसिर १५ गते । दक्षिण अमेरिकी महादेशीय क्लब फुटबल प्रतियोगिता कोपा लिबर्टाडोरेसको फाइनल खेल स्पेनको मड्रिडमा हुने भएको छ ।

अर्जेन्टिनाका दुई क्लब बोका जुनियर्स र रिभर प्लेटबीच दोस्रो लेगको फाइनल खेल आगामी डिसेम्बर ९ मा सान्टियागो बर्नवाउमा हुनेछ । यो खेल अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा रिभर प्लेटको घरेलु मैदानमा गएको आइतबार हुनुपर्ने थियो ।

तर, रंगशाला प्रवेश गर्न लाग्दा रिभर प्लेटका समर्थकले बोकाका खेलाडी चढेको बसमा आक्रमण गरेको थियो । आक्रमणबाट केही खेलाडी घाइते भएका थिए । त्यसपछि खेल स्थगित गरियो र अहिले ब्यानर्स आयर्सबाट ६ हजार माइल टाढा स्पेनको सान्टियागो बर्नवाउमा खेलाइने निर्णय भएको छ ।

बोकाको घरेलु मैदानमा भएको फाइनलको पहिलो लेग दुई दुई गोलको बराबरीमा सकिएको थियो । ब्युनस आयर्सका मेयर होरासियो रोड्रिग्वेजले रिभर प्लेटको समर्थकका नाममा केहि माफियाले आक्रमण गरेको दाबी गरेका छन् । आक्रमणमा दोषी देखाउँदै रिभर प्लेटलाई ३ लाख १२ हजार पाउण्ड जरिवाना गराइएको छ । उज्यालो

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा