ताजा खबर

‘२.०’ मा यस्तो गेटअपका लागि निक्कै पीडा भोगेँ : अक्षय कुमार

RadioTaplajung


‘२.०’ मा यस्तो गेटअपका लागि निक्कै पीडा भोगेँ : अक्षय कुमार
 मंसिर १३ गते ।  भारतीय सिनेमाको इतिहासमै सबैभन्दा ठूलो बजेटमा निर्माण भएको सिनेमा हो ‘२.०’ । यो सिनेमामा कलाकारको गेटअप र सिनहरुमा प्रयोग भएका भीएफएक्सहरुमा निकै मोटो रकम खर्च गरिएको छ ।  

सन् २०११ को सिनेमा रोबर्टको सिक्वेल यस सिनेमामा रजनीकान्त, अक्षय कुमार र एमी ज्याक्सन मुख्य भूमिकामा छन् ।

सिनेमामा डाक्टर रिचर्ड अर्थात नकारात्मक भूमिकामा रहेका अक्षय कुमारले हालैमात्र यस सिनेमामा काम गर्दाको अनुभव सेयर गरेका छन् । उनका अनुसार उनलाई यो भूमिका निर्वाह गर्दा निकै नै पीडा भएको थियो ।

अक्षय कुमारले यो सिनेमाको छायाकंनको लागि झण्डै ४० दिन दिए । छायाकंनका यी ४० दिन निकै नै पीडादायक भएको उनी स्वयम्ले बताएका छन् ।

भारतीय सञ्चारमाध्ययमहरुसँग कुराकानी गर्दै उनले सिनेमा  छायाकंनको अनुभव सेयर गरेका छन्  । उनका अनुसार यस सिनेमाको क्यारेक्टरका लागि उनले मेकअप गरिसकेपछि उनलाई खाना खान अनुमति थिएन । छायाकंनको समायावधिभर उनले तरल पर्दाथहरुमा मात्र चित्त बुझाउनु पर्थ्यो ।

किनभने खाना खाँदा उनको अनुहारको आकार बिग्रने डर हुन्थ्यो । अक्षयले त्यो समयमा  मिल्कशेक, जुस र पानी मात्र पिउने अनुमति पाएका थिए ।

उनलाई यो रुप धारण गर्न साढे ३ घण्टा लाग्थ्यो  भने मेकअप उतार्न  साढे २ घण्टा लाग्थ्यो । अर्को कुरा उनको यो भूमिकाका लागि प्रेस्थेटिक लगाएका थिए । जसले पुरै शरीर नै प्याक गरिएको हुन्थ्यो । यही कारण उनको शरीरमा कतैबाट पनि हावा छिर्न पाउँदैनथ्यो  जसले गर्दा उनको शरीरमा आएको पसिना पनि पुछ्न मिल्दैनथ्यो ।

यही कारण आफूले लगाएको ड्रेस खोलेपछि शरीरबाट पसिनाको निकै नराम्रो गन्ध आउने अक्षयले बताएका छन् ।

यश शंकरको निर्देशन रहेको यो सिनेमा नोभेम्बर २९ देखि प्रदर्शनमा आउँदैछ । सिनेमालाई लिका प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो । एजेन्सी/उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण