ताजा खबर

वडाध्यक्षले गरे स्कुल अनुगमन

RadioTaplajung


वडाध्यक्षले गरे स्कुल अनुगमन
रेडियो ताप्लेजुङ,मंसिर १२ गते । फुङलिङ नगरपालिका–३ का वडाध्यक्ष युवराज वरालले वुधवार आफ्नो वडामा रहेको माध्यमिक बिद्यालयको अनुगमन गरेका छन । वाल सुवोधिनि सस्कृत माध्यमिक बिद्यालयको अनुगमन गरेका उनले अनियमित शिक्षकलाई नियमत गराउन प्रअ रामचन्द्र दाहालसग अनुरोध गरे । आफुले १२ वजे नै बिद्यार्थी घर फर्केको पाएको र उनिहरुले शिक्षक छैनन भन्ने जवाफ दिएपछि ध्यानकर्षण भएको वताए । वुधवार विद्यालय पुग्दा उनले तीन जना शिक्षक अनुपस्थित भेटिएको वताए  । खगेन्द्र नेपाली, मोहन सेन्दाङ र रामहरी निरौला अनुपस्थित पाइएको थियो ।
खगेन्द्र दसैंतिहारको विदापछि नै स्कुल आएका छैनन । वडाध्यक्ष वरालले हाजिरीखाता समेत हेरेका थिए । सेन्दाङभने दिन विराएर जाने गरेको पाएको उनले वताए । रामहरीले भने विदा स्वीकृत गराएर उपचारमा गएको वताएका छन । उनले तिहारपछि बिद्यालयमै हाजिर भएर पढाएको र आ“खाको शल्यक्रिया गराउन विदा लिएर काठमाण्डौं गएको वताए । पित पत्रकारिता नगर्नपनि उनले चुनौती दिएका छन । प्रअ दाहालले विदाको पुष्टि गरेका छन ।
वडाध्यक्ष वरालले प्रअ दाहाललाई यो अवस्थावाट सुधार ल्याउन अनुरोध गरे । “प्रशासन चलाउने जिम्मेवारी तपाइस“ग छ, शिक्षकहरुलाई यसरीनै छोड्ने होभने बिद्यालय कसरी चल्छ ।,” अध्यक्ष वरालले प्रश्न गर्दैभने, “विद्यालय नियमित नहुने शिक्षकहरुलाई कारवाही प्रकृया वढाउनुपर्यो ।” तलव खाएका शिक्षक कोही आउने कोही नआउने हु“दा नियमित स्कुल आउने शिक्षकलाई पनि जा“गर नहुने भएकाले सुधारमा सबै लाग्नुपर्नेमा वरालको जोड छ । सदरमुकाम नजिकैको माविमा भएको यो अनियमिततालाई वडाले गम्भिरतापूर्वक लिएको वडा कार्यालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक