ताजा खबर

चीनमा रासायनिक प्लान्ट नजिक विस्फोट, २२ जनाको मृत्यु, २२ घाइते

RadioTaplajung

 एजेन्सी,मंसिर १२, २०७५ उत्तरी चीनको एक रासायनिक प्लान्ट नजिक भएको विस्फोटमा कम्तीमा २२ जनाको मृत्यु भएको छ। विस्फोटमा परी अन्य २२ जना घाइते भएका छन्। उत्तरी चीनको हेबेई प्रान्तमा भएको विस्फोटका कारण १५ वटा घर पूर्णरूपमा नष्ट भएको छ सरकारी समाचार संस्था सिन्ह्वालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। आसपासका साढे ३०० भन्दा बढी घरमा सामान्य क्षति पुगेको छ। यस्तै ३८ वटा ट्रक र १२ वटा कारमा पूर्णरूपमा क्षति पुगेको छ। आगलागी पछि भएको विस्फोटका कारण स्थानीय समय अनुसार राति १ बजे विस्फोट भएको जनाइएको छ। स्थानीय अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ। विस्फोटको कारणबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीहरूले बताएका छन्।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल