ताजा खबर

मिस वर्ल्डको भोटिङमा अग्रता लिँदै श्रृंखला, मल्टिमिडिया अवार्डकी दाबेदार

RadioTaplajung

मिस वर्ल्डको भोटिङमा अग्रता लिँदै श्रृंखला, मल्टिमिडिया अवार्डकी दाबेदार
मंसिर ६ गते । ६८ औं मिस वर्ल्ड प्रतियोगिताको मल्टिमिडिया अवार्डका लागि जारी भोटिङमा नेपालकी श्रृंखला खतिवडाले भारी अग्रता हासिल गरेकी छन् । सर्वाधिक भोट ल्याएर मल्टिमिडया अवार्ड जितेको खण्डमा उनी सिधै क्वार्टरफाइनल (टप ३०) मा पुग्नेछिन् ।

मिस वर्ल्डमा नेपालले लगातार सहभागिता जनाइरहे पनि कुनै उपलब्धी हासिल गर्न सकेको छैन । यसपालि श्रृंखलाबाट केही आशा गरिएको छ । हालसम्मका मिस नेपालहरुमध्ये उनी अब्बल मानिएकी छन् । २३ वर्षीया श्रृंखला राजनीतिक परिवारमा जन्मेकी हुन् । उनका पिता विरोध खतिवडा र आमा मनु सिग्देल दुवै सांसद सदस्य छन् ।

हेटौंडाकी श्रृंखलाले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चर पढेकी छन् । शालीन स्वभावकी उनी बौद्धिक पनि छिन् । श्रृंखलाको उचाइ पाँच फिट ७ इन्च रहेको छ ।

चीनको सान्यामा आगामी ८ डिसेम्बरमा मिस वर्ल्डको फाइनल इभेन्ट हुनेछ । मिस वर्ल्डमा पाँच शीर्षकमा अवार्ड वितरण गरिन्छ, जसमध्ये मल्टिमिडिया एउटा हो । फ्रान्सकी माइभा कोउके टप मोडलको प्रतिस्पर्धामा पहिलो भएर क्वार्टरफाइनलमा प्रवेश गरिसकेकी छन् ।

मल्टिमिडिया अबार्डका लागि २८ नोभेम्बरसम्म भोटिङ खुला रहनेछ । तर, भोटिङबाटै मिस वर्ल्ड बनिने चाहीँ होइन । क्वार्टरफाइनलमा विभिन्न तरिकाबाट प्रवेश गर्ने ३० जना सुन्दरीहरुबीच अन्तिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ । त्यहाँ निर्णायकहरुको मतका आधारमा मिस वर्ल्डको फैसला हुन्छ ।

मल्टिमिडिया अवार्डका लागि श्रृंखलालाई मोबस्टार एपबाट भोट गर्न सकिन्छ । यसका लागि मोबस्टार एप डाउनलोड गर्नुपर्छ । त्यसपछि आफ्नो नयाँ अकाउन्ट खोलेर वा फेसबुकको आइडी पासवर्ड प्रयोग गरेर साइन इन गर्न सकिन्छ । मगस्टारमा आफ्नो अकाउन्ट खोलिसकेपछि श्रृंखला खतिवडा सर्च गर्नुपर्छ । उनको आधिकारिक पेजमा नीलो चिन्ह लगाइएको छ । उक्त पेज खोलेर श्रृंखलाले गरेका पोष्टहरुलाई बायाँबाट दायाँ स्वाप गर्नुपर्छ । हरेकचोटि स्वाप गर्दा अंग्रेजीमा ‘एस’ देखाउँछ जुन एक भोट बराबर हो । साथै श्रृंखलाले गरेको पोष्टमा कमेन्ट गर्दा पनि भोट काउन्ट हुन्छ ।

भोटिङका आधारमा मल्टिमिडिया अबार्ड दिने क्रम सन् २०१२ बाट सुरु भएको हो । पूर्व मिस नेपाल मलिना जोशीका अनुसार मल्टिमिडियाको विजेता छनोट गर्दा भोटका साथ साथै सामाजिक सञ्जालमा समग्र फ्यान फलोइङ पनि हेर्ने गरिन्छ । त्यसैले श्रृंखलाको आधिकारिक फेसबुक पेजमा आउने लाइक तथा कमेन्टले पनि महत्व राख्छ ।

यस्तै मिस वर्ल्डको अफिसियल वेबसाइट गएर पनि एक भोट गर्न सकिन्छ । यसमा पनि फेसबुकको आइडीबाट साइन इन गर्न सकिन्छ ।

यो समाचार लेख्दासम्म श्रृंखलाले २४ प्रतिशत भोट ल्याइरहेकी छन् । उनी भोटिङमा अरु प्रतिस्पर्धीभन्दा अगाडि छन् । उनीभन्दा पछाडि रहेकी फ्रान्सकी माइभा कोउके १७ प्रतिशतका साथ दोस्रो स्थानमा छिन् । भारतकी अनुकृती भासले करिब २ प्रतिशतको दरमा भोट ल्याइरहेकी छन् ।

मिस वर्ल्ड लगातार दोस्रोपटक चीनको सान्यामा आयोजना हुन लागेको हो । यसपाली एक सय २१ देशका सुन्दरीहरु प्रतिस्पर्धामा छन् ।

मिस वर्ल्ड सर्वाधिक प्रख्यात अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । बेलायतका एरिक मोर्लीले १९५१ मा यसको सुरुवात गरेका हुन् । सन् २००० मा उनको मृत्युपछि उनकी पत्नी जुलिया मोर्लीले यो प्रतियोगिता अघि बढाइरहेकी छन् । विभिन्न देशमा आयोजना हुने राष्ट्रियस्तरका सौन्दर्य प्रतियोगिताका विजेताले मिस वर्ल्डमा प्रतिनिधित्व गर्छन् ।
अनलाइनखबर डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण