ताजा खबर

ताप्लेजुङका ९ वडाका सबै सहकारीमा

ताप्लेजुङका ९ वडाका सबै सहकारीमा
आनन्द गौतम,वैशाख ८ गते । ताप्लेजुङल्का नौ वडाका सबै घरधुरी सहकारीमा आबद्ध भएका छन् । मर्सिकोर नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सफल परियोजनाको साझेदारीमा सञ्चालित कार्यक्रम ९वित्तीय सेवा तथा जीविकोपार्जनमा दिगो पहुँच कार्यक्रम० ले एक घर एक सहकारी अवधारणाअन्तर्गत सबैलाई सहभागी गराएको हो । जिल्लामा एक नगरपालिका र आठ गाउँपालिकाका ६१ वडा रहेका छन् ।

आफ्नो वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै सहकारी प्रवद्र्धन अधिकृत केशरबहादुर राईले समुदायको वित्तीय सेवा पहुँच प्रगति उन्मुख रहेको दाबी गरे । यो कार्यक्रम जिल्लाका ३० वडामा सञ्चालित छ । मेरिङदेन गाउँपालिका १ थिङ्लाबु, पाथीभरा याङ्बकर गाउँपालिका ४ डुम्रिसे र ५ चाक्सिबोटे, सिरीजङ्घा गाउँपालिका १ सिनाम, ५ पेदाङ र ६ मामाङ्खेका सबै घरधुरी सहकारीमा आबद्ध छन् ।

भारतसँग सिमाना जोडिएको सिदिङा गाउँपालिका ६ मेहेले ७ सुरुम्खिम र फक्ताङ्लुङ गाउँपालिका ३ लिङखिमका घरधुरी वित्तीय कार्यक्रममा संलग्न छन् । पछिल्लो जनगणनाअनुसार मेरिङदेन १ थिङलावुमा ४ सय ९१, पाथीभरा याङबरक ४ डुम्रिसेमा ३ सय २४ र वडा नं ५ चाक्सिबोटेमा १ सय ९१ परिवार रहेका छन् ।

यस्तै सिरिजंघा १ सिनाममा ४ सय ६१, वडा नं ५ पेदाङमा ३ सय ४४ र ६ नम्बरको मेहेलेमा २ सय ४० परिवार सहकारीमा आबद्ध छन् । सिदिङवा गाउँपालिका ६ मेहेलेमा ४ सय ६३, वडा नं ७ सुरुङखिममा ३ सय ९९ र फक्तालुङ ३ लिङखिममा ४ सय ७५ घरधुरी रहेका छन् । फुङलिङ नगरपालिका ९ हाङदेवा र १० फुरुम्बुमा पनि कार्यक्रममा समेटिएका छन् । तर यहाँका भने सबै घरधुरी सहकारीमा आबद्ध छैनन् ।

३० वडामा कार्यक्रम सञ्चालन गरेको कार्यक्रमले १३ हजार नौ सय ६ जनालाई वित्तीय कारोबारमा संलग्न गराएको छ जसमा ८ हजार ३ सय ५० महिला र ५ हजार ५ सय ५६ पुरुष संलग्न छन् । कार्यक्रममा आठराई त्रिवेणी गाउँपालिका मात्रै समेटिएको छैन । बाँकी सबै गाउँपालिकाका कुनै न कुनै वडा समेटिएका छन् ।

सहकारीमा आबद्ध भएकाले नौ करोड ८२ लाख ४८ हजार बचत गरेका छन् । संस्थाको कुल सेयर पुँजी १ करोड ६१ लाख ९४ हजार ३ सय रुपैयाँ रहेकामा ६ करोड ७६ लाख २ हजार १ सय ११ रुपैयाँ बचत संकलन भएको राईले जानकारी दिए । योमध्ये ८ करोड ७६ लाख ९० हजार ३ सय ६८ रुपैयाँ ऋण लगानी गरिएको छ । यो २०६७ सालदेखि सञ्चालित कार्यक्रम हो ।

सहकारीले प्रत्येक वडामा बचत संकलन तथा ऋण परिचालनका लागि कार्यालय स्थापना गरेको छ । औपचारिक वित्तीय सेवा र जीविकोपार्जनमा पहुँच वृद्धि गरी गरिब न्यूनीकरणमा सहयोग पुर्‍याउने लक्ष्यसहित सुरु भएको परियोजनाले सहकारी संस्थाको संस्थागत क्षमता विकास, जिल्ला बचत तथा ऋण सहकारी संस्थाको क्षमता विकास, सहकारी सदस्यमाझ अन्तर लगानी ऋण, स्थानीय स्तरमा दक्ष जनशक्ति विकास र वित्तीय साक्षरता अभियानको सञ्चालन गरेको कार्यक्रमका प्रबन्धक सपना प्रधानले बताइन् ।

परियोजना यसै वर्षदेखि उठ्ने भएकाले यसको थप व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने प्रधानको जोड छ । मर्सिकोर सन् १९७९ मा स्थापित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । नेपालसहित ४३ देशमा आफ्ना ३ हजार ७ सय कर्मचारीमार्फत कार्य गरिरहेको मर्सिकोर १ कारोड ७६ लाख मानिससम्म पुगिसकेको छ ।
स्रोतः इ कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,