ताजा खबर

‘भारत’ को शुटिङ छोडेर सलमान मुम्बर्इ फर्किनुको रहस्य चोट नभएको खुलासा

RadioTaplajung


‘भारत’ को शुटिङ छोडेर सलमान मुम्बर्इ फर्किनुको रहस्य चोट नभएको खुलासा
 मंसिर ५ गते ।  बलिउड अभिनेता सलमान खान यतिबेला उनको नयाँ फिल्म ‘भारत’को छायाँकनमा व्यस्त छन् । हालै सलमान खान फिल्म ‘भारत’को छायाँकनको काम छोडेर पञ्जाबबाट अचानक मुम्बई फर्किएका थिए ।

सलमानलाई फिल्मको सेटमा काम गर्दागर्दै चोट लागेपछि अचानक मुम्बई फर्किएका खबरहरु पनि आएका थिए । तर सलमान खान अचानक मुम्बई फर्किनुमा उनको स्वास्थ्य नभई अरुनै कारण रहेको खुलासा भएको छ ।

सार्वजनिक खबरहरुका अनुसार सलमान खान र कट्रिना कैफलाई भारत र पाकिस्तानको सीमा वाघा बोर्डरमा एउटा दृश्यको छायाँकन गर्नु थियो । तर सुरक्षाका कारण उक्त दृश्य छायाँकन गर्न सम्भव भएन ।

तसर्थ सलमान खानको टिमले सीमा नजिकैको एक गाउँको पञ्चायतसँग कुराकानी गरेर सीमा नजिकै वाघा बोर्डरको सेटको निर्माण गरेको थियो । साथै सिनको छायाँकनको लागि त्यहाँ पर्ने पसल, जग्गा र घरहरुलाई समेत मुआब्जा दिइएको थियो ।

यति बेलासम्म सबै कुरा सहजै रुपमा चलिरहेको थियो । तर समस्या त्यसबेला शुरु भयो जुनबेला निर्माण गरिएको सेटको अर्को सीमातर्फ पाकिस्तानको झण्डा फहराउने कुरा आयो । त्यस पछि त्यहाँ विवाद सुरु भयो । गाउँको पञ्चायत पनि सलमान खानको टिमलाई पाकिस्तानी झण्डा लगाउन नदिने भन्दै अडान लिएर बस्यो ।

 

तर पनि फिल्म युनिटले छायाँकनको काम सुरु गर्न थालेपछि गाउँमा मानिसहरुले प्रहरीमा उजुरीसमेत गरेका थिए । साथै त्यहाँका बासिन्दाहरु मिलेर सलमान खान बस्ने होटल र फिल्मको सेटलाई घेराउ गरेका थिए ।

स्थानीयहरु कुनै पनि हालतमा त्यहाँ फिल्मको छायाँकन होस् भन्ने चाहँदैन थिए । अन्ततः फिल्म युनिटले हतार हतार छायाँकनको काम रद्द गरेर सलमान खानलाई त्यहाँबाट मुम्बई फर्काएको थियो ।

यस विषयमा सलमान खानको टिमको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक बयान भने दिइएको छैन । तर खबरहरुका अनुसार अब ‘भारत’ को टिमले मुम्बईको कुनै स्टुडियोमै वाघा बोर्डरको सेटको निर्माण गरेर छायाँकन गर्ने बताइएको छ । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण