ताजा खबर

तिब्बत जोडिन ३२ किमी मात्रै

RadioTaplajung

तिब्बत जोडिन ३२ किमी मात्रै
सीताराम गुरागाई । लेलेप तमोरको तिरैतिर तिब्बत जोड्ने उत्तर–दक्षिण तमोर करिडोर विस्तारको कामले गति लिएको छ । बहुवर्षीय ठेक्का प्रणालीअन्तर्गत कामको जिम्मा पाएको एलाइट कम्पनीले फक्ताङलुङ गाउँपालिका ५ तापेथोकको हेल्लोक छेउबाट तीन कि.मी ट्रयाक खोलेर लेलेपको सेखाथुम पु¥याएको छ । अब ओलाङचुङगोलासम्म ट्रयाक खुल्न ३२ किलोमिटर बाँकी रहेको तमोर करिडोर अयोजना प्रमुख कुबेर नेपालीले बताए । तिब्बतसँगको नाका टिपताला भञ्ज्याङबाट ओलाङचुङगोलासम्म यसअघि नै ट्रयाक खुलिसकेको छ । ३६ करोड रुपैयाँको लागतमा काठमाडौको एलाइट कम्पनिले डेढ महिनाअघि सडक विस्तारको जिम्मा पाएको थियो । ‘अहिले तल्लो क्षेत्रबाट दुई वटा मेसिनले काम गरिरहेका छौं,’ प्रोजेक्ट मेनेजर राजिव लामिछानेले भने,‘माथिल्लो भागबाट पनि मेसिन ल्याएर काम सुरु गर्ने तयारी भइरहेको छ ।’ तल्लो क्षेत्रको कामको गति बढाउन थप एउटा ठूलो मेसिन विहिबार लेलेप पुग्ने लामिछानेले बताए । माथील्लो क्षेत्रका लागि रसुवागढी नाकाबाट घुमाएर तिब्बत हुँदै ओलाङचुङगोला पु¥याउन चिचियाँसँग समन्वय भइरहेको आयोजना प्रमुख कुबेर नेपालीको भनाई छ । ‘मेसिन घुमाएर ल्याउन र तिब्बतबाटै इन्धनको व्यवस्थापनका लागि पहल भइरहेको छ,’ बुधबार सडक अनुगमनमा लेलेप पुगेका नेपालीले भने । सडक विस्तारका लागि ६० करोड रुपैयाँ छुट्याइए पनि ३६ करोडको मात्र ठेक्का लागेको हो । ट्रयाक चाँडो खोल्न दुवै तिरबाट सडक विस्तार गरिनुपर्ने माग स्थानीयको छ । अहिले ट्रयाक पुगेको लेलेप र ओलाङचुङगोलाबाट पनि सडक विस्तार गर्न स्थानीयको माग रहेको लेलेपका वडाध्यक्ष चन्द्र शेर्पाले बताए । दुवै तर्फबाट काम भए आगामी वर्षमै तिब्बत सडकले जोडिने शेर्पाको भनाई छ । सडक विस्तारमा अहिले सबै क्षेत्रबाट सहयोग रहेको आयोजना कार्यालयले जनाएको छ । केहि दिन अघि कञ्चनजंघा आधार शिविर र ओलाङचुङगोला जाने बाटो छुट्टिने हान्द्रुङ पुल छेउमा सडक कताबाट लाने भन्ने विषयमा केहि विवाद भएपनि अहिले त्यो समाधान भइसकेको फक्ताङलुङ गाउँपालिका प्रमुख सरोज एभेङले बताए । ‘बस्ती बाट लैजाने कि नलैजाने भन्ने विषयमा कुरा बाझिएको थियो,’ एभेङले भने,‘सडक कार्यालय,गाउँपालिका र स्थानीय बसेर सहमति जुटाइसक्यौं ।’ लेलेपको बस्ती नछोई गुम्बाछेउबाट सिधै लुङथुङ तर्फ लैजाने सहमति भएको उनले बताए । ठूला–ठूला पहाडको चट्टान फोरेर जानुपर्ने हुँदा विष्फोटक पदार्थ झिकाउन भारतिय कम्पनीसँग सम्पर्क भएको र नेपाल सरकारसँग अनुमति लिने काम भइरहेको अयोजना प्रमुख नेपालीले बताए । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा रहेको घुन्सा क्षेत्रका बासिन्दाले आफ्नो क्षेत्रमा मोटरेबल सडक विस्तार नगर्ने र ट्रेकिङ रुट बनाउनुपर्ने प्रस्ताव गरेका छन् । कञ्चनजंघा जानेलाई समेत राहत हुने गरी रानीपुलबाट तमोर नदी तारिएको हो । यहाँबाट घुन्सा जान नजिक पर्छ भने कञ्चनजंघा संरक्षण क्षेत्रको कार्यालय, सरस्वती मावि लेलेपको विद्यालय भवन नजिकैबाट लुङथुङ जोडिनेछ । अहिले रानीपुलसम्म गाडी पुग्ने र गाउँपालिका केन्द्र तापेथोकसम्म नियमित साना सवारी चल्ने गरेका छन् । सदरमुकाम फुङलिङबाट दैनिक चार वटा साना गाडी आउजाउ गर्छन् । रानीपुल सम्मै गाडी पुगेपछि लेलेप र ओलाङचुङगोलाका बासिन्दालाई समेत राहत पुगेको स्थानीय प्रकाश शेर्पाले बताए । लुङथुङसम्म सडक पुगेपछि सदरमुकामबाट एकै दिनमा पर्यटकीय गाउँ ओलाङचुङगोला पुग्न सकिन्छ । ओलाङचुङगोला भने तिब्बततर्फबाट सडकले जोडिइसके पनि सवारीसाधन भने चल्न सकेका छैनन् ।
 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक