ताजा खबर

पारस खड्का भन्छन् : आज एकदमै खुशी छु, विगतमा जे भए पनि अब राम्रै हुनेछ

RadioTaplajung

काठमाडौं, वैशाख ६ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीकै मर्मअनुसारको विधान नेपाल क्रिकेट संघ क्यानको साधारणसभाले पारित गरेपछि क्यानको निलम्बन फुकुवा हुने सम्भावना बढेको छ ।

क्यानको बिहीबारको विशेष साधारणसभाले संशोधित विधान पारित गरेपछि आईसीसीले क्यानको फुकुवा गर्नेछ भन्दै क्रिकेट समर्थक, खेलाडी र क्यानका पदाधिकारी पनि खुशी छन् ।

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले पनि क्यानको आजको कदमले आफूलाई एकदमै खुसी मिलेको प्रतिक्रिया दिएका छन् । उज्यालो अनलाइनसँग कुरा गर्दै पारसले भने, ‘हामी सबैका लागि यो एकदमै खुशीको कुरा हो, पारित भयो भन्ने सुनेर म त एकदमै खुशी भएँ, अब यो विधान कार्यान्वयनमा जानेछ भन्ने आशा लिएका छौं, विगतमा जे भए पनि अब नेपाली क्रिकेटको लागि राम्रै हुनेछ भन्ने मलाई लागेको छ ।’

अब नयाँ विधान अनुसार हुने चुनावमा क्रिकेट बुझेका व्यक्ति आउनुपर्ने र त्यसले मात्रै नेपाली क्रिकेटको भलाई गर्ने पारसको भनाई छ । ‘अबको चुनावबाट व्यक्ति जो आए पनि जिम्मेवारी उठाउनुप¥यो, जुन अवस्थामा हामीले नेपाली क्रिकेटलाई पुर्‍याएका छौँ, त्यसलाई राम्रो व्यवस्थापन गरेर अझै सफलतातर्फ लैजानुपर्छ’, कप्तान पारसले भने, ‘निस्वार्थ भएर क्रिकेटको विकासको लागि लागेमा हाम्रा लागि आउने दिन राम्रा हुनेछन्, नयाँ नेतृत्व आएर मात्रै भएन काम गर्नुपर्‍यो ।’

क्यानमा अब नयाँ विधान, नयाँ संरचना र नयाँ नेतृत्व हुने भएकाले त्यसले सुझबुझ ढंगले काम गर्नुपर्ने उनको भनाई छ । ‘यदि आईसीसीले भने अनुसारकै विधान पास भएको हो भने आईसीसीले नेपालको संरचना के कस्तो हुने भन्ने पनि बताउला, अब २/४ दिनमै हामीले खुशीको खबर सुन्न पनि सक्छौँ’ पारसले भने  । 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा