ताजा खबर

भूवनको लगानीमा ‘साइनो’ घोषणा, नीता र मिरुना मुख्य हिरोइन

RadioTaplajung

भूवनको लगानीमा ‘साइनो’ घोषणा, नीता र मिरुना मुख्य हिरोइन
मंसिर २ गते । नेपाली चलचित्रकी पहिलो नायिका भूवन चन्दले अब चलचित्र निर्माण गर्ने भएकी छिन् । उनले, निर्माण गर्न लागेको चलचित्र ‘साइनो’को आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणा गरिएको छ ।  निर्मात्री चन्दले पारिवारिक प्रेम कथामा यो चलचित्र निर्माण हुने जानकारी दिइन् । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रलाई रमेश थापाले निर्देशन गर्दैछन् ।

चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, भूवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, शिखा तामाङ, राजा राजेन्द्र पोखरेको साथमा नव–कलाकार राज कुमारको मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन सोमबारदेखि सुरु हुने बताइएको छ । करिब ४० दिनमा चलचित्रको छायांकन सक्ने योजना यसको निर्माणपक्षको छ । चलचित्रलाई रमेश थापाले निर्देशन गर्दैछन् ।

चलचित्रमा अभिमन्यू निरबीको लेखन, बनिष शाहको सम्पादन, रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, रोशन विक्रम भट्टराइको एक्सन, बसन्त सापकोटाको संगीत रहनेछ । एक दशक अघि निर्माण भएको चलचित्र ‘साइनो’ले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । नेपालकी पहिलो नायिका भूवन चन्दले बनाउन लागेको नयाँ ‘साइनो’ले पनि दर्शकको मन जित्ने अपेक्षा गर्न सकिन्छ । अनलाइनखबर डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण