ताजा खबर

क्यान्सर देखि रक्तचाप सम्मको औषधी : सुन्तलाको बोक्रा

RadioTaplajung

सुन्तला निकै मिठो फल हो र यो गुनकारी पनि हुन्छ । यसमा प्रसस्तै भिटामिन सि लगायतका पोषण तत्व पाइन्छन् । हामीले सुन्तलाको बोक्रा नङ्ग्याएर फ्याँक्छौँ र गुदी मात्र खान्छौँ । युवतीहरुले आफ्नो अनुहार सुन्दर बनाउन भन्दै सुन्तलाको बोक्रा पिँधेर लेदो बनाएर अनुहारमा दल्ने गरेको भने कहीँकतै देखिन्छ । सुन्तलाको बोक्राको उपयोगिताको बारेमा भने हामी अधिकांस जानकार छैनौँ । यदि सुन्तलाको बोक्राका फाइदाको बारेमा जान्नुभयो भने साँच्ची तपाइँले अब सुन्तलाको बोक्रा फ्याँक्नुहुने छैन ।यदि कपाल एकदम खश्रो तथा जर्जर छ भने कपाललाई सुन्दर, सिल्की बनाउका लागि सुन्तलाको बोक्रा वरदान सावित हुनसक्छ । सुन्तलाको बोक्रालाई पिँधेर लेदो बनाएर कपालमा लगाउनुपर्छ । केहीबेर सुक्न दिनुपर्छ र मज्जाले कपाल धुनुपर्छ । यसले कपाललाई चम्किलो तथा मुलायम बनाउँछ ।अनुहारमा दाग, धब्बा छ रु यदि त्यसो हो भने सुन्तलाको बोक्रालाई मज्जाले पिँध्नुहोस् र त्यसको लेदोमा गुलाव जल मिसाएर अनुहारमा लगाउनुहोस् । नियमित रुपमा सुन्तलाको बोक्राको लेदो र गुलाब जलको मिश्रण अनुहारमा लगाउँदा अनुहारका दागधब्बा हराउनेछन् ।
सुन्तलाको बोक्रामा छाला शुद्धिकरण गर्ने तत्व पाइन्छ । यसमाढुसी प्रतिरोधक तथा जिवाणु प्रतिरोधक तत्व पनि पाइन्छ । सुन्तलाको बोक्रालाई सुकाएर पिसेर धूलो बनाउनुहोस् र त्यो धूलोमा दही मिसाएर छालामा लगाउनुुहोस् । त्यसो गर्दा सरीरको छाला चम्किलो तथा नरम बन्छ । अनुहारको छाला बढि चिल्लो भएर हैरान हुनुभएको छ भने सुन्तलाको बोक्रा पिँधेर त्यसमा बेसन मिसाएर अनुहारमा लगाउँदा फाइदा गर्छ ।
सुन्तलाको बोक्रा केवल छालाको लागि मात्र होइन हृदयरोगको निवारणमा पनि सहयोगी बन्छ । रगतमा उच्च कोलेस्टेरोलको समस्या भएका हरुका लागि सुन्तलाको बोक्रा खानु लाभदायी मानिन्छ । उच्च रक्तचाप र कोलेस्टेरोलको समस्या भोगिरहेकाहरुले सुन्तलाको बोक्रा खाँदा फाइदा हुन्छ । साथैँ सुन्तलाको बोक्राको सेवनले क्यान्सर तथा हड्डीको समस्या भएकाहरुका लागि पनि फाइदा गर्ने विज्ञहरुको भनाइ छ ।
सुन्तलाको बोक्रामा पाचन शक्ति बढाउने गुण हुन्छ । अपच हुने, अमिलो डकार आउने, उल्टी हुने जस्ता समस्या भएकाहरुले मात्र होइन पेटमा जुका परेकाहरुले पनि सुन्तलाको बोक्रा खाँदा फाइदा हुन्छ ।निद्रा नपर्ने समस्या भएकाहरुले सुन्तलाको बोक्राको सेवन गर्दा अनिद्राको समस्या कम हुने र गहिरो निद्रा पर्ने अध्ययनले देखाएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

एमाले अध्यक्ष थेवेको आइसियुमा उपचार हुँदै 

ताप्लेजुङ – आश्विन १७ गते । आनन्द गौतम नेकपा एमाले जिल्ला कमिटि ताप्लेजुङका अध्यक्ष एबं संविधान सभा सदस्य भुपेन्द्र थेवे अस्पताल भर्ना भएका छन ।

RadioTaplajung

२२ महिने शिशुको हर्नियाको शल्यक्रिया गरियो

  पाँचथर ।   पाँचथरमा पहिलो पटक एक शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । फालेलुङ गाउँपालिका ७ का २२ महिने शिशुको जिल्ला सदरमुकाम

RadioTaplajung

डेंगु परीक्षण गर्ने किट सरकारसँग छैन,संक्रमण उच्च जोखिममा 

काठमाडौं,असोज ५ गते । नेपालमा डेंगु संक्रमणले महामारीको रुप लिँदा सरकारसँग भने अहिले डेंगु परीक्षण गर्ने किट सकिन लागेको छ।  स्वास्थ्य तथा