ताजा खबर

हाम्रो बारेमा

                                                                       

सामुदायिक रेडियो ताप्लेजुङ एफ.एम. ९४ मेगाहर्ज फुङलिङ ४ भिन्तुना ताप्लेजुङ
पृष्ठभूमी- नेपालमा प्रजातन्त्रको पुनस्र्थापना र २०४७ सालको संविधान लागु भएपछि निकै फस्टाएको क्षेत्रमा सञ्चार पनि पर्छ । २०६२ / ६३ को जनआन्दोलन पछि यसको महत्व झनै बढेको छ । आम पाठक, श्रोता, दर्शकले छानिछानि हेर्न, सुन्न र पढ्न पाएका रेडियो, टेलिभिजन र पत्र पत्रिकाहरुलाई प्रजातन्त्र÷लोकतन्त्रको उपलब्धिका रुपमा लिन सकिन्छ । सञ्चारको सहजताका कारण गाँउ वस्तिका कुनाकन्दरा सम्म जुनसुकै बेला राष्टिय तथा अन्तराष्ट्रिय खवरहरु पुग्ने गरेको छ । तर आम सञ्चारका सबै माध्यमहरुको सही उपयोग सबै ठाउँमा हुन भने सकेको छैन । २०५२ सालमा बनेको राष्ट्रिय सञ्चार नियमावलीले निजी क्षेत्रलाई बिद्युतीय सञ्चार माध्यम सञ्चालनको अनुमति दिएपछि मुलुकका कुनाकन्दरा सम्म एफएम रेडियो स्टेशनहरु सञ्चालनमा आएका छन् । जनताको सेवामा समर्पित एफएम रेडियोहरु      भौगोलिक बिकटता, भौतिक पूर्वाधार, बिद्युतकोे चरम अभाव जस्ता समस्या झेलेर पनि जनताको सूचनामा कृयासिल रहेका छन । स्थानीय लबज र शैलीमा आफ्नै भाषामा बिभिन्न कार्यक्रम तथा गीत संगीत सुन्न र कार्यक्रममा भाग लिन पाएपछि समुदायमा एफएम रेडियोहरुले निकै लोकप्रियता कमाएका छन । समुदायिक रेडियोहरुले विकासको क्षेत्रमापनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन । विकास प्रकृयामा सहयोग पुर्याउने उद्देश्यले काठमाण्डौ महानगरपालिका, पाल्पाको मदनपोखरा गाविसले एफएम रेडियो चलाइरहेका छन । पछिल्लो समय ट्राफिक प्रहरीले पनि रेडियो खोलेको छ । रेडियोलाई समुदायको हित तथा विकासको लागि सशक्त माध्यमको रुपमा प्रयोग गर्ने संभावनालाइ दृष्ट्रिगत गरी  सेवामुखि भावना लिएर ताप्लेजुङमा पनि सामुदायिक रेडियोको रुपमा ताप्लेजुङ एफएम ९४ मेगाहर्जको स्थापना भएको छ ।

ताप्लेजुङ एफएम ९४ मेगाहर्ज
सार्वजनिक हितका क्षेत्रमा विगत २० बर्ष देखि काम गर्दै आएको ताप्लेजुङको गैर सरकारी संस्था वातावरण संरक्षण तथा विकास मञ्चको पहलमा स्थापना भएको रेडियो ताप्लेजुङ एफएमको मुख्य उद्देश्य विकास र परिवर्तन हो । ‘विकास र परिवर्तनको आधार हाम्रो सञ्चार’ भन्ने मुल उद्देश्यका साथ स्थापना भएको यसले  विकासका लागि सञ्चार भन्ने बिश्वव्यापी सिद्धान्तलाई व्यवहारमा उतार्दै समुदायलाई चाहिने सूचनाहरु सहज रुपले प्रस्तुत गर्दै आएको छ । सूचनाहरु सही तरिकाले समुदायमा पु¥याउनु, जनताका गुनासा तथा समस्याहरुलाई सम्बन्धित ठाउँसम्म पु¥याई अन्तरक्रियाको माध्यमद्वारा जनताको सूसुचित हुन पाउने हकको सम्मान गर्नु रेडियोको दैनदिन्य रहेको छ । रेडियोको स्वामित्व वातावरण संरक्षण तथा विकास मञ्च सग रहेपनि जिल्लाको सबै क्षेत्र तथा समुदायबाट प्रतिनिधित्व हुने गरी छुट्टै रेडियो सञ्चालक समिति गठन भई यसले कार्य गरिरहेको छ । रेडियो सञ्चालनमा सामान्य चिया पसल देखि तरकारी खेती गर्ने सम्मले लगानीगरेकोले यो रेडियो समुदायको चाहना र आवश्यकता अनुसार सञ्चालन भइरहेको छ र हुनेछ । रेडियोको प्रशारण क्षेत्रका वासिन्दाको जीवनस्तर उकास्न तथा विकास निर्माणका हरेक प्रकृयामा समुदायलाई सहभागी गराउनु र उनिहरुको उज्वल भविश्यको कामना गर्नु रेडियोको ध्येय हो । २०६७ साल कार्तिक देखि परीक्षण र माघ १ गतेदेखि नियमित प्रशारण प्रारंभ गरेको रेडियोले बिद्युतको चरम अभाव जस्ता समस्यालाई झेल्दै पनि दैनिक ११  घण्टा सेवा दिइरहेको छ । स्थानीय स्तरवाट प्राप्त सहयोग र सद्धभावले गर्दा यसले छोटो अवधिमै लोकप्रियता कमाएको छ ।
प्रशारण क्षेत्र
सामुदायिक रेडियो ताप्लेजुङ एफएम ९४ मेघाहर्ज ५ सय वाट क्षमताको छ । सदरमुकाम फुङलिङ स्थित १८ सय मिटर उचाइमा रहेको भिन्तुनाडाडा नजिकको घरवाट प्रशारण भइरहेको रेडियो आफ्नै जिल्लाका सबै क्षेत्रमा नसुनिएपछि करीब २२ सय मिटरको उचाईमा आफ्नै भवन बनाएर सार्ने तयारी भइरहेको छ । थोरै क्षेत्रमा भएपनि यसले उत्पादन तथा प्रसारण गरेको गुणस्तरीय कार्यक्रमहरु भने सबैकालागी लोकप्रिय रहेका छन । त्यसैलेपनि जनदवाव बढेपछि आफ्नै भवन वनाएर धेरैठाउमा सुन्न सकिने ठाउमा ब्यवस्थापन गर्नुपर्ने भएको छ । अहिले ताप्लेजुङका दुईतिहाई गाविस, पा“चथरका एक दर्जन, तेह्थुमको आठराई क्षेत्र, संखवासभा, धनकुटा र इलामका केही भागमा सुनिने रेडियो आगामी असोज महिना सम्ममानै आफ्नै भवनमा सारेर प्रशारण क्षेत्र बढाउने तयारीमा क्रियाशिल छ । यसको प्रशारण उत्तरी चिन र भारतको सिक्किम क्षेत्रमा अहिले पनि सुनिन्छ ।

प्रबिधि

सामुदायिक रेडियो ताप्लेजुङ ९४ मेगाहर्ज अत्याधुनिक डिजिटल प्रबिधिबाट प्रशारण हुदै आएको छ ।  यस प्रबिधि अन्तर्गत सरलताका साथ गुणस्तरिय ढङ्गले जुनसुकै समयमा  कम्प्युटरमा रेकर्ड, सम्पादन तथा प्रशारण गर्न सकिन्छ ।

कार्यक्रम

सामुदायिक रेडियो ताप्लेजुङवाट प्रशारण हुने कार्यक्रमलाई हामीले सूचनामुलक, चेतना मुलक, मनोरञ्जनात्मक, परिवर्तनशिल गरी बिभिन्न बिधामा बिभाजन गरेका छौ । समुदायको आवश्यकता तथा चाहना अनुसारका कुनै पनि सही सूचना तथा तथ्यपुर्ण जानकारीहरु तत्काल प्रवाह गर्नका लागि समाचार तथा अन्य सूचना मुलक कार्यक्रमका प्रकृती अनुरुप कार्यक्रमहरु प्रसारण भईरहेको छ । त्यसैगरी मानिसको जीवनस्तरमा परिवर्तन ल्याउन सक्ने सूचना तथा जानकारी समेटीएका शिक्षामुलक कार्यक्रमहरु पनि प्रशारण भईरहेका छन । अधिकांस कार्यक्रम रेडियो आफैंले उत्पादन गरेको छ । थोरै र समुदायका हित हुने निर्णय समितिले गरेपछि मात्रै कतिपय कार्यक्रम साझेदार रेडियोवाट लिएर पशारण गरिएको छ । हरेक मान्छे जन्मन्छ उसले कुनैन कुनै दिन समाजकालागी केहीन केही राम्रो प्रभाव पारेको हुन्छ त्यसैले उसको मृत्यूलाई सम्मान गर्न उसको मृत्यू भएका दिन एक मिनेट सम्म रेडियोले शोक धुन बजाउने गरेको छ । 
१. समाचारमुलक कार्यक्रम
   समाचारमुलक कार्यक्रम अन्तर्गत प्रत्येक  दिन विहान छ वजे सामुदायीक रेडियो प्रशारक संघद्धारा उत्पादित साझा खवर, साढे छ बजे सूचना मुलक सुन्नै पर्ने कुरा, आठ वजे लिम्वु भाषाको समाचार, नौ वजे ताप्लेजुङ डायरी, १० वजे ताप्लेजुङ वुलेटिन, ११ वजे नेपाल खवर, बेलुकी पौने छ वजे देखि आधा घण्टाको ताप्लेजुङ डायरी, आठ वजे उज्यालो नेटवर्ककको नेपाल दर्पण पौने नौ वजे बिबिसी नेपाली सेवा र राती १० बजे नेपाल खबर प्रशारण भइरहेको छ ।
२. शिक्षामुलक कार्यक्रम
    महिला, बालबालिका, बन तथा वातावरण, मानव अधिकार, संस्कृती, कला, भाषा, साहित्य, शुशासन, पारदर्शिता, सामाजिक न्याय तथा समतामूलक समाज निर्माण जस्ता बिभिन्न बिषयमा शिक्षा मुलक कार्यक्रमहरु रेडियो ताप्लेजुङले प्रशारण गरिरहेको छ । यसमा स्थानिय सरकारी तथा गैर सरकारी कार्यालयले कार्यक्रम उत्पादन तथा प्रशारणमा साझेदारी गरिरहेका छन । महिलाहरुलाई आधार मानेर तयार पारिएको कार्यक्रम नारी आवाज, किसानलाई फाइदा पु¥याउन सघाउ पु¥याउने कृषि कार्यक्रम,आपतकालीन उद्धार तथ विपद पूर्व तयारीको जानकारी दिने रेडियो रेडक्रस, स्वस्थ जीवनका लागि सघाउ पु¥याउने कार्यक्रम हाम्रो स्वास्थ्य , मानव अधिकार रेडियो कार्यक्रम यसका उदाहरण हुन भने युवा पुस्तालाई सकारात्मक बाटोमा हिडाउन जिन्दगीका पानाहरु नामक लोकप्रिय कार्यक्रम रेडियो आफैंले उत्पादन गर्दै आएको छ । यस्तै विद्यार्थीहरुको प्रतिभालाई बाहिर ल्याउने कार्यक्रम स्कूल आइडियल रेडियोको आफ्नै उत्पादन हो भने कानुनका बारेमा जानकारी गराउन हाम्रो कानुन, साझा सवाल साझेदार संस्था मार्फत आएका कार्यक्रम हुन ।

३. मनोरञ्जनात्मक कार्यक्रम

    श्रोताहरुको चासोलाई पूर्ती गर्न विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि प्रशारण हुदै आएको छ ।  स्थानीय समुदायलाई सहभागितात्मक रुपमा सहभागी गराउन र मनोरञ्जन प्रदान गर्ने लिम्वु भाषाको याक्थुङमिन प्रस्तुत हुदै आएको छ । श्रोताहरुका चाहना अनुसार उनीहरुको सहभागितामा धेरै कार्यक्रमहरु तयार गरिएको छ ।  लोक भाका, साइनो, चर्चाचलचित्र, सरगम (अन्ताक्षरी), सांगितिक माइन्ड चेक, शुभ सन्देस, पत्र सन्देस सिर्जना र शन्देश,अभिनय र कला जस्ता कार्यक्रम यसका उदाहरणहरु हुन् ।
लगानी कर्ता
रेडियो सञ्चालनका लागी शहर देखि गाउ सम्मका ३४ जनाको लगानी रहेको छ । अरुले दिएकै भरमा सञ्चालन गर्ने भन्दापनि आफैंले लगानी गरे आफ्नो हुन्छ र त्यसले मात्रै समुदायको आवाज बोल्न सक्छ भन्ने मान्यता अनुरुप रेडियोमा स्थानिय लगानीकर्ताको उत्साह बढेको हो ।
साझेदारी कार्यक्रम
सामुदायिक रेडियो ताप्लेजुङको लक्ष्य तथा उद्देश्यसँग मेलखाने बिभिन्न राष्ट्रिय, स्थानीय निकाय तथा संघसंस्थासँग सहकार्य गरी उत्पादन तथा प्रशारण गरिने कार्यक्रमलाई हामीले साझेदारी कार्यक्रमको रुपमा लिएका छौं । रेडियो सुनिने क्षेत्रमा रहेका व्यक्तिहरुको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमहरु साझेदारीका रुपमा अरु संघ, संस्था तथा कार्यालयसँग समन्वय गरेर उत्पादन तथा प्रसारण गछौं र गर्दै आएका छौं । 
हाल जिल्ला स्वास्थ्य कार्यालयसँगको साझेदारीमा हाम्रो स्वास्थ्य, जिल्ला कृषि विकास कार्यालयको साझेदारीमा कृषि कार्यक्रम, महिला विकास कार्यालयसगको साझेदारिमा महिला आवाज, वन कार्यालयको साझेदारीमा हाम्रो वन, केयर नेपाल संगको जैविक बिबिधता, केयरसगकै साझेदारिमा सुशासन, रिड नेपालसगको साझेदारिमा शिक्षाकालागी शैली लगायतका कार्यक्रम सञ्चालन भइरहेको छ